टीकाराम यात्री ए स्टार मोर्गेजेजको ब्राण्ड एम्ब्यासडरमा नियुक्त

डिसी नेपाल
१९ पुष २०८२ १६:०६
20
Shares

काठमाडौं। बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले टेलिभिजन प्रस्तोता टीकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त गरेको छ। पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा आयोजित एक विशेष समारोहमा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टीकाराम यात्रीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

नेपालका लोकप्रिय टेलिभिजन पत्रकार तथा संचारकर्मी टीकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्राण्ड एम्ब्यासडर’ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसंग सहकार्य गर्न पाउँदा उत्साहित छौं, ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले भने।

पत्रकार टीकाराम यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवर्द्धन गरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसंग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आफूलाई यो जिम्मेवारी दिएकोमा ए स्टार मोर्गेजेजलाई धन्यवाद ज्ञापन गरेका छन्। अहिले संसार ग्लोबल भिलेज बन्दै गएको छ। नेपाल बाहिर प्रवासी नेपालीले गरेको प्रगति हाम्रालागि पनि गौरवको कुरा हो। तपाईंको प्रगतिमा साझेदारी गर्न हामी सधै तत्पर छौं,’ उनले भने।

ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्षदेखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छापत्र र एस्टेट प्लानिंग सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएका छन्। साथै, ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ -टु-लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ। संस्थाले अहिलेसम्म चार हजार भन्दा बढी सेवाग्राहीलाई सेवा दिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *