सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल

डिसी नेपाल
१९ पुष २०८२ १६:१७
28
Shares

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्।

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए।

उनले भने पहिला दल देखाइयो तर, अहिले सरकार आफंै अन्यौलमा छ। सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ। ‘सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावमा प्रचारप्रसार गर्न वातावरण नै बनाइँदैन भने कसरी चुनाव हुन्छ?’ उनले प्रश्न गरे।

चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उनको टिप्पणी थियो। मुख्यमन्त्री कँडेलले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै चुनावको सधैं सम्मान गर्ने र सहभागी हुने स्पष्ट पारे। तर, त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले संविधानको रक्षा, आन्दोलनको रक्षा र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदानको स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे। ‘नेपालको लोकतान्त्रिक विरासत जोगाइराख्न एमाले एकजुट हुन आवश्यक छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *