स्रोत नखुलेको १० लाख रकमसहित पर्सामा तीन जना पक्राउ
वीरगञ्ज। पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो।
स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २२ वर्षे पवनकुमार साह, ३० वर्षे मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन्।
पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment