एमालेमा प्रचार विभाग प्रमुखको जिम्मेवारी मीनबहादुर शाहीलाई
काठमाडौं । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ।
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो।
कालीकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका व्यक्ति हुन्।
शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रसारक संघको दुई कार्यकाल अध्यक्ष भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment