राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री

डिसी नेपाल
२३ पुष २०८२ १६:५२
848
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन्।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन्।

उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ र राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने होइन कि एकदमै प्रभावकारी थलो हो। यसले कतिपय महत्वपूर्ण कानूनमा पनि भूमिका निर्वाह गरेको हुन्छ। साथै हाम्रो टिमले राष्ट्रिय सभाको सदस्यहरुले पनि प्रभावकारी काम गर्छन् भन्ने कुरा देखाउनुपर्छ। संविधान र पार्टी नीति सिद्धान्त स्थापित गर्नको लागि पनि मेरो भूमिका राष्ट्रिय सभामा हुनेछ।’

राष्ट्रिय सभालाई विज्ञ र अनुभविहरुको सभा भनेर मानिन्छ भने त्यसको नयाँ अभ्यासको सुरुवात पनि गर्नुपर्ने उनको भनाई छ।

साथै, उनले दलिय व्यवस्थामा व्यक्तिको हिरोइजम होइन पार्टीको विचार, सिद्धान्त र कार्यक्रम अनुसार काम गर्नुपर्ने भन्दै पार्टीले दिएको जिम्मेवारलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *