सुरू भयो नेपाली कांग्रेसको महाधिवेशन

डिसी नेपाल
२७ पुष २०८२ १४:२३
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकटस्थ नेताहरू पनि सहभागी छन्।

देउवानिकट पूर्वउपभापति गोपालमान श्रेष्ठ, संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत छन्। पूर्वसभामुख तारानाथ रानाभाट पनि महाधिवेशनस्थलमा पुगेका छन्।

शेखरनिकट रहेका चन्द्र भण्डारी, सुनिल शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसहित नेताहरू पनि सहभागी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *