हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो। आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ।
यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment