सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

डिसी नेपाल
२८ पुष २०८२ १९:३८
88
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन्।

सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन्।

उनले भने, ‘यसले केन्द्रिय कार्यसमितिले निर्णय गरेको वैद्यानिक महाधिवेशन हुन्थ्यो तर त्यो भएन। यस्तो अवस्थाले कतै पार्टी अप्ठ्यारोमा पर्ने विभाजन हुने होइन भन्ने आशंका उत्पन्न भएपछि सभापतिले छलफल गर्नुभयो। भेलामा सहभागी पार्टीका साथिहरुको सम्मानको लागि कसरी यसलाई शान्तिपूर्ण ढंगबाट निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने हो। मलाई लाग्छ त्यसको निष्कर्ष भनेको पार्टी एकता हो। र वैद्यानिक रुपमा अगाडि बढाउने हो। त्यसको लागि सभापति लगायतले भेलामा सहभागीहरुसँग संवाद गर्ने निष्कर्ष भएको छ।’

उनले पार्टी फुट्न नदिन र एकता कायम राख्नको लागि दुवै पक्ष सकारात्मक रहेको बताए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *