त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा देखिएको गाडी उत्खन गरिँदै

डिसी नेपाल
२९ पुष २०८२ १५:५४
112
Shares

काठमाडौं । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिकै त्रिशुली नदीको किनारमा पुरिएको अवस्थामा देखिएको गाडी उत्खननको लागि पौष २९ गते सशस्त्र प्रहरीको टोली खटिएको छ।

पौष २७ गते आइतबार बिहान सिमलतालबाट केही तल त्रिशुली नदीको किनारमा बालुवाएको पुरिएको अवस्थामा गाडीको पाटपुर्जा देखिएको भन्ने जानकारी पाएपश्चात गाडी खोजकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट सुरक्षा फौज खटिएको छ।

नदीको किनारमा पार्टपुर्जा देखिएको गाडी २०८१ असार २८ गते बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशुली नदिमा पहिरोले पुरेर बेपत्ता भएको गाडी हुनसक्ने आशंका गरिएको छ।

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिराले पुरी त्रिशुली नदीमा बेपत्ता भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *