सानेपा पुगेर चन्द्र भण्डारीले भने- पार्टी फुटाउने अभियानमा सहभागी हुँदैन

डिसी नेपाल
२९ पुष २०८२ १६:१३
916
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन्।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्।

‘म कांग्रेस विभाजनको पक्षमा छैन। त्यो पार्टीका लागि राम्रो होइन,’ उनले भने।

आजको केन्द्रीय समिति बैठक कांग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्दा मण्डारी भने सानेपा पुगेका छन्। भण्डारीले आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधनसमेत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *