होटेल सञ्चालकसहित पाँच जुवाडे पक्राउ
काठमाडौं । बाणगंगा नगरपालिका-१० भावपुरस्थित एक होटेलमा जुवा खेलिरहेका होटेल सञ्चालकसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा नगद र अन्य सामाग्रीसमेत बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई लाख ५६ हजार २९० रुपैयाँ नगद, ६ थान मोबाइल फोन र तीन बुक तास बरामद गरेको छ।
भावपुरमा दिनेश थारुले सञ्चालन गर्दै आएको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
नियन्त्रणमा लिइएकामध्ये रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलीप थापा, सोही ठाउँ भैसाही बस्ने ३२ वर्षीय कमल थापा, गौडी बस्ने ३३ वर्षीय दीपेन्द्र घर्ती रहेका छन्। त्यसैगरी, कपिलवस्तु वाणगंगा नगरपालिका-१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी तथा होटेल सञ्चालक ३५ वर्षीय दिनेश थारु पनि पक्राउ परेका प्रहरीको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment