आज ११ औं राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

डिसी नेपाल
१ माघ २०८२ १३:११
16
Shares

काठमाडौं। आज ११ औं राष्ट्रिय योग दिवस। देशभर विभिन्न कार्यक्रम आयोजना गरी योग दिवस मनाइँदैछ। यस वर्ष ‘स्वस्थ समाज, समृध्द नेपाल र विश्व शान्तिका लागि योग’भन्ने नाराकासाथ योग दिवस मनाइरहेको छन्।

विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन्। आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *