उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता

डिसी नेपाल
१ माघ २०८२ १८:४६
264
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता भएको छ।

बिहीबार एक कार्यक्रमकाबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रीय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे।
जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रुपमा उदाएको बताए।

उनले भने, ‘यो उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी हो। यो आन्दोलनले जन्माएको पार्टी हो। योसँगै राष्ट्रिय परिवर्तन पार्टीपनि नयाँ पार्टी हो। यी आन्दोलनले जन्माएको दुई नयाँ पार्टी मर्ज भएको छ। यो उज्यालो पार्टी नै नयाँ शक्तिको रुपमा उदाएको छ।’

उनले जेनजीहरुको भावना र मागलाई सम्बोधन गर्ने नयाँ जोशकासाथ आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *