बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु
घोराही (दाङ)। दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन्। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment