आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो।
सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ।
यस्तै, बिहानको ११ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१८औं बैठक बस्दैछ। बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷२०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment