राष्ट्रिय सभा सदस्यबाट गौतमले दिए राजीनामा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिएर बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताएका छन्।
मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने बताएका हुन्।
राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताएका छन्।
उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए। गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment