प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून

डिसी नेपाल
४ माघ २०८२ ११:५२
104
Shares

काठमाडौं। नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ। सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ।

सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन्।

यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना पनि सुरु भएको छ।

एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न चुकेको देखिन्छ।

एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वाचनमा लैङ्गिक समानता र समावेशीता सम्बन्धी बहसलाई पनि सक्रिय बनाउने देखिन्छ।

कमला बोहरा (कञ्चनपुर)

कल्पना राई (सोलुखुम्बु)

अस्मिता थापा (ओखलढुंगा)

भगवती चौधरी (सुनसरी)

ज्वाला शाह (बारा),

भगवती न्यौपाने (तनहु)

विमला विक (बर्दिया)

जुली महतो (धनुषा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *