मेयर पदबाट राजीनामा दिएर पार्टी कार्यालय पुगे बालेन, आजै जनकपुर जाने

डिसी नेपाल
४ माघ २०८२ १५:५२
60
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पदबाट राजीनामा बुझाए लगत्तै वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन्।

मेयर शाहले आजदेखि लागू हुने गरी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्।

कार्यलय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका थिए।

यही पुस १४ गते रास्वपामा समाहित भएका बालेन रास्वपाको वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन लागेका छन्।

बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *