गाउँपालिका उपाध्यक्षबाट एकैचोटी संघीय संसदमा फड्को मार्ने अस्मिता को हुन्?
काठमाडौं। ओखलढुंगा जिल्ला सधैं राजनीतिक केन्द्रमा रहन्छ। अझ निर्वाचनमा य यहाँको माहोल नै फरक हुन्छ। नेकपा एमालेका यज्ञराज सुनुवार होस् वा नेपाली काग्रेसका रामहरि खतिवडा, दुवै युवा नेताले पालैपाले संघीय संसदमा प्रतिनिधित्व गरेका छन्।
तर यो पटक यहाँको दृष्य फरक छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले युवा नेतृ अस्मिता थापालाई टिकट दिएपछि एमाले कार्यकर्तामा कार्यकर्तामा कौतुहलता छाएको छ।
कतिपले त जिल्लामा स्थापित नेता यज्ञराज सुनुवार, अमिर गुरुङ, तीर्थ सुवेदी, हर्कबोल राई, मोहन श्रैष्ठ जस्ता नेतालाई टिकट नदिएर थापालाई टिकट दिएपछि कतै पार्टीभित्रको विवाले यस्तो अवस्था आएको त होइन भन्ने प्रश्न गर्न थालेका छन्।
लिखु गाउँपालिकाकी उपाध्यक्ष रहेकी थापा एमालेको ११ औं महाविधेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। उनी जिल्लामा लोकप्रिय रहेकी छन्। ओली निकट मानिने थापाले टिकट पाएपछि जिल्लाका स्थापित सबै एमाले नेताहरुको साथमा उनी मनोनयन दर्ता गर्न आजै ओखलढुंगा जाँदै छिन्। थापाले टिकट पाएपछि पार्टी एकजुट रहेको सन्देश दिन उनीसँगै यज्ञराजसहितका नेताहरु पनि आजै जिल्ला जाने तयारीमा छन्।
नेता सुनुवारले जेनजी आन्दोलनको भावनाको कदर गर्दै पार्टीले जिल्लामा युवा नेतृत्वलाई टिकट दिएको बताए। ‘हाम्रो पार्टीले गरेको निर्णयमा सबैको सहमति छ,’ सुनुवारले डिसी नेपालसँग भने, ‘जेनजी आन्दोलनको भावनाको कदर गर्दै पार्टीले युवा नेतृलाई टिकट दिएको छ। आजसम्म कुनै पनि पार्टीले महिललाई टिकट दिएको छैन। एमालेले पहिलो पटक युवा नेतृलाई टिकट दिएको छ। यसले आम कार्यकर्तालाई हौसला दिएको छ।’
उनले थापाले टिकट पाउँदा सबै कार्यकर्ता खुशी रहेको उल्लेख गर्दै पार्टीको तर्फबाट उम्मदेवार बनेकी थापालाई जिताउन कुनै कसर बाँकी नराख्ने उल्लेख गरे। उनले बाहिर आएजस्तो थापाले टिकट पाउँदा पार्टीमा कुनै विवाद नरहेकोसमेत जनाए।
एमालेले थापालाई टिकट दिँदा रास्वपाले पूर्व एआइजी विश्वराज पोखरेललाई मैदानमा उतारेको छ। पोखरेल यतिबेला जिल्लाका गाउँ गाउँमा पुगेर चुनाव प्रचार गरिरहेका छन्। उता आन्तरिक विादमा फसेको नेपाली कांग्रेसले भने यो समाचार तयार पार्दासम्म जिल्लामा उम्मेदवार तय गरिसकेको छैन।
No ads found for this position



डिसी नेपाल
Facebook Comment