ललितपुर-३ बाट ताेसिमा कार्कीले गराइन् उम्मेदवारी दर्ता
ललितपुर। ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। उज्यालो नेपाल पार्टीबाट पन्तलाई अध्यक्ष कुलमान घिसिङले सोमबार टिकट दिएका थिए।
पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन्। उनी डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका सक्रिय थिए।
सो क्षेत्रमा यसअघि रास्वपाकी डा.कार्की निर्वाचित भएकी थिइन्। रास्वपाबाट तोसिमा कार्की यस पटक पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्न लागेकी हुन्।
उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन्। दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन्। उनी रास्वपाकी केन्द्रीय सदस्य हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment