महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी
काठमाडौं। नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराएकी हुन्।
उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन्।
उनले भनिन्, ‘अन्यायको आवाजको लागि बोल्नुपर्नेछ। अन्यायको विरुद्ध हिजो सडकमा बोल्दै आएको थिएँ र सरकारका निकायहरुले नसुनेपछि मैले अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर नै उम्मेदवारी दर्ता गराएकी हुँ।’
सोही क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजिव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ले उम्मेदवारी दर्ता गराएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment