नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल निर्वाचित

डिसी नेपाल
११ माघ २०८२ १५:५५
596
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल निर्वाचित भएका छन्। आइतबारको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेता चयन गरेको हो।

नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे निर्वाचित भएका छन्।

यसअघिका नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायण काजी श्रेष्ठले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि भुसाललाई निर्वाचित गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *