राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ९६ प्रतिशत मत खस्यो

डिसी नेपाल
११ माघ २०८२ १६:२९
52
Shares

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको छ।

बिहान ९ बजे सुरु भएको मतदान अवधी ३ बजेसम्म कर्णालीका सात जना मतदाताले मतदान नगरेका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए।

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ मत खसेको छ। प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने एक सय ५८ मतदाता संख्या स्थानीय तहका एक सय ५२ जनाले मतदान गरेका छन्।

स्थानीय तहका ६ जना र प्रदेश सभाका एक मतदानमा सहभागी भएका छैनन्। कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका ललित शाही र नेकपा एमालेका मिना सिंह रखाल उम्मेदवार छन्। नेकपाले दुर्गा शर्मा र अन्नु महतारा शाहीलाई उम्मेदवार बनाएको छ। केहीबेरमा मतपरिणाम आउन निर्वाचन कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *