खाम मगरहरूलाई छुट्टै स्वायत्त क्षेत्र दिने प्रचण्डको आश्वासन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाम मगरहरूलाई छुट्टै स्वायत्त क्षेत्र दिने आश्वासन दिएका छन् ।
प्रचण्डले संविधानमा सात प्रदेशको मात्रै नभइ स्वायत्त तथा विशेष क्षेत्रको समेत व्यवस्था गरिएको हुनाले मगर–खाम स्वायत्त क्षेत्र बनाउन सकिने बताएका हुन्। शुक्रबार मगर समुदायसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘तपाईँहरूलाई थाहा छ, हामीले संविधान बनाउँदा धेरै ठुलो छलफल र बहस गरेपछि खालि सात वटा प्रदेश बनाउने निर्णय मात्रै भएको छैन संविधानमा,’ प्रचण्डले भने, ‘संविधानमा विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र बनाउने कुरा पनि लिपिबद्ध गरिएको छ।’
त्यो आफ्नै मेहनत र पहलमा भएको संयोजक प्रचण्डले बताए। संविधानमा व्यवस्था भएका कुरा कानुनमा व्यवस्था गरिए खाम–मगर सभ्यताका आधारमा स्वायत्त क्षेत्र बनाउन सम्भव रहेको प्रचण्डले बताए।
No ads found for this position



डिसी नेपाल
Yesta kura nasunai hai feri fasaula