आकासे खेती गर्ने पार्टीहरू जनतासम्म पुग्न सक्दैनन् : ओली

डिसी नेपाल
१७ माघ २०८२ १७:०५
8
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको दाबी गरेका छन्।

शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन्।

उनले भने, ‘मेरै ठाँउमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिंगौरी खेल्न। मैले धेरै केही भन्नु पर्दैन्। अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साच्चैको। बतासे अण्डाबाट चल्ला निक्लिदैँन्। बतासे अण्डाहरुबाट कुनै चल्ला निस्किनेवाला छैन्। बतासको खेती गरिरहेका छन्। यीनिहरुसँग संगठन, उद्देश्य, विचार छैन्। भोलि उठि कहाँ जाने केही थाहा छैन्। फर्कि आउने होकी होईन त्यो पनि थाहा छैन्।’

यस्तै, उनले आगो बाल्ने, देश बिगार्ने, भड्काउन र तोडफोड गर्नेलाई क्रान्ति भनेर महिमा गाएको भन्दै आकासे खेती गर्नेहरु धर्तीमा जनतासम्म नपुगेको बताए।

उनले भने, ‘आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ। यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमा गाइएको छ। र अरु माथि विभिन्न प्रकारको आरोप लगाएको छ। यि आकासे खेती हुन्। यीनिहरु जनतासम्म पुगेका छैनन्। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन्। एउटा मोबाइल भन्ने भाडो छ, त्यही भाडाबाट देशमा हुडलो मचाएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *