नेकपाको केन्द्रीय प्रचार प्रसार समिति संयोजकमा सापकोटा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटाको नेतृत्वमा केन्द्रीय प्रचार समिति गठन गरेको छ।
सोमबार पेरिसडाँडामा बसेको निर्वाचन परिचालन समिति सचिवालयको दोस्रो बैठकले सापकोटाको नेतृत्वमा समिति गठन गरेको हो।
निर्वाचनमा प्रचार प्रसारलाई प्रभावकारी बनाउनका लागि गठन गरिएको समितिमा जगन्नाथ खतिवाडा र गोविन्द आचार्य सदस्य छन्। केन्द्रीय प्रचार समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने नेकपाले जनाएको छ।
यस्तै, नेकपाले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकेको छ।
जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेश प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यसैगरी, नेकपाले नेता तथा कार्यकर्ता परिचालनका लागि अपिल प्रकाशित गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिट्टै प्रकाशन गर्ने निर्णय गरेको छ।
केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक यही माघ २२ गते बस्ने नेकपाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment