सुशासन अबको सरकारको प्राथमिकता हुनुपर्छ : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले अबको सरकारको प्राथमिकता मुलुकमा सुशासन कायम र दण्डहीनताको अन्त्य हुनुपर्ने बताएका छन्। बस्नेतले भ्रष्टाचार र दण्डहीनता नै मुलुकको सबैभन्दा डरलाग्दो समस्याको रुपमा रहेको भन्दै आगामी सरकारको प्राथमिकताबारे उक्त टिप्पणी गरेका हुन्।
बस्नेतले भने, ‘विगतको सरकारले भ्रष्टाचार र दण्डहीनतालाई प्रोत्साहन, संरक्षण र प्रश्रय दियो। विगतमा भए गरेका भनिएका अनेकौं काण्डहरुबारे सरकारले आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।’
‘सानालाई ऐन ठूलालाई चैन’ को स्थापित कानुनी मान्यतालाई अबको सरकारले तोड्दै सबैका लागि उही कानुनको मान्यता स्थापित गर्नुपर्ने उनको सुझाव रहेको छ।
एकैपटक मधेशी समुदायको व्यक्ति मुलुकको प्रधानमन्त्री बन्ने अवसर आउनु र काङ्ग्रेस कम्युनिष्ट शासनबाट मुलुक मुक्त हुनु सुखद संयोग भएको उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment