ओलीको आइसियुमा उपचार जारी, स्वास्थ्यमा सुधार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सघन उपचार कक्ष (आइसियु)मा उपचार जारी रहेको छ।
सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएका ओलीको आइसियुमा उपचार जारी रहेको हो। ओलीको स्वास्थ्य क्रमिक रुपमा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
उनलाई भोलि (बुधबार)सम्म वार्डमा सारिने तयारी रहेको छ। उनलाई भोली वार्डमा सारिए पनि केही दिन अस्पतालमा चिकित्सककै निगरानीमा रहने छन्।
त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह, प्राडा महेशराज सिग्देलको टोलीले उनको शल्यक्रिया गरेको थियो।
टोलीमा प्रा. डा. पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल, डा. दीपक शर्मा संलग्न थिए।
त्यस्तै, एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई, डा. पंकज जोशी पनि उपचारमा संलग्न थिए। आइसियुमा प्रा. डा. प्रमेशसुन्दर श्रेष्ठ र डा. हेमराज पनेरू संलग्न छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment