देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
काठमाडौं। देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
झापाको अर्जुनधारा नगरपालिका-९ नमुना सामुदायिक वनमा सोही नगरपालिका-१० कालिझोडा घर बताउने ६९ वर्षीय गोपाल खड्गी सोमबार मृत अवस्थामा फेला परेका छन्।
बाजुराको बुढीनन्दा नगरपालिका-८ चापारूखस्थित खापरकोटी माई जनरल स्टोर पसल गरी बस्ने बझाङ घर भएका ६० वर्षीय महेशराम रेग्मी आफ्नै पसलमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
नुवाकोटको विदुर नगरपालिका-१ ढुङंगे बस्ने ४० वर्षीय नवराज अधिकारी आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment