दुर्गमका नागरिकको सपना साकार : बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

डिसी नेपाल
२ वैशाख २०८३ ८:४८
16
Shares

बाजुरा । दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्य सहित बाजुराको पूर्वी उत्तरी क्षेत्रको बुढी नन्दा नगरपालिका २ कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

मंगलबार गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख काली प्रसाद पराजुलीले औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेका हुन्।माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा लिनका मार्तडीमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो।

कोल्टी मा नागरिकता सहित मालपोत र नापीको कार्य सञ्चालन समेत हुने भएपछि यहाँका चार पालिकाका नागरिकले सहज रूपमा सेवा पाउने भएका हुन्।यस अघि माथिल्लो क्षेत्रका नागरिक न्यूनतम १५ हजार खर्चेर नागरिकता लगायतका काममाज गर्ने मार्तडी पुग्ने गरेका थिए।

गृह मन्त्रालयको परिपत्र अनुसार कोल्टी मा इलाका प्रशासन कार्यालय स्थापना निर्णय बमोजिम कार्यालय स्थापना गरेर सञ्चालन गर्ने निर्देशन पछि आज औपचारिक रूपमा कार्यालयको उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

इलाका प्रशासन कार्यालयको भवन निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अघि बढेर आवश्यक बजेटको व्यवस्था गरिएको उनको भनाई छ।तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले २०८२ साउन २४ कोल्टी सहितका ९ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको पूर्व प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उक्त निर्णयलाई कार्यान्वयन गर्दै बजेटको समेत व्यवस्था गरी इलाका प्रशासन कार्यालय स्थापना भएको हो।

बुधबारबाट नियमित रूपमा सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ। इलाका प्रशासन कार्यालय कोल्टी बाट नागरिकता सेवा, राष्ट्रिय परिचय पत्र सङ्कलन लगायतका सेवा प्रवाह गरिने छ।

मालपोत र नापी कार्यालयले पनि जग्गा नक्सा पास र मालपोतले जग्ना नामसारी लगायतका कार्यको सेवा दिने गरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।हाल कोल्टी इलाका प्रशासन कार्यालयमा चार जना कर्मचारीबाट सेवा प्रवाह गरिनेछ।

कार्यालयको स्वीकृत दरबन्दी भने छ जनाको रहेको छ । मालपोत र नापी सेवा केन्द्र सहित समग्र सेवा प्रवाहका लागि पनि सीमित जनशक्तिबाट काम सुरु गरिने बताइएको छ।कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै हिमाली तथा दुर्गम भेगका चार वटा स्थानीय तहका नागरिकहरू बर्षौ पछि सपना साकार हुँदा उत्साहित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *