सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध छ, संवैधानिक प्रक्रियाबाटै सुधार हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा बफादार रहेको र यसको इमानदारीपूर्वक कार्यान्वयन गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन्।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले बाहिर केही वृत्तमा सरकारले प्रचण्ड बहुमतको आडमा संविधान नै परिवर्तन गर्ने वा हटाउने भन्ने खालका आशंका व्यक्त भइरहेको सन्दर्भमा त्यस्तो धारणा सही नभएको बताए।
अर्थमन्त्री वाग्लेका अनुसार चित्त नबुझेका विषयहरूलाई संविधानभित्रै रहेका प्रावधानअनुसार परिमार्जन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घोषित नीति रहेको छ।
उनले नेपालको संविधानको धारा २७४ ले संविधान संशोधनको स्पष्ट विधि तय गरेको र धारा २७५ ले जनमत संग्रहसम्बन्धी विषयलाई सम्बोधन गरेको उल्लेख गर्दै सरकारले यी नै संवैधानिक खुड्किलाहरूमा टेकेर मात्र अगाडि बढ्ने स्पष्ट पारे।
साथै, उनले संघीय संरचना, प्रदेश सरकारको अस्तित्व, र स्थानीय तहको संख्या वा आकार जस्ता विषयमा पनि संविधानको दायराभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारले संवैधानिक सीमाभित्रै रहेर आवश्यक सुधार र परिमार्जन गर्दै जाने नीति लिएको उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment