बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । महँगीको विरोधमा विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
संयुक्त विद्यार्थी संगठनले बिहीबार काठमाडौंको माइतीघरमा मूल्यवृद्धि र महँगी बढेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो।
उनीहरूले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरूले ‘बालेन सरकार, मूल्यवृद्धि उपहार, युद्धको मार करको भार, जनता त मरे नि सरकार, बाच्न दे सरकारका, मन्त्रीको सुनै सुन जनताालई छैन खाने नुन, नयाँ सरकारऽ कर उपहार धन्यवाद बालेन’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment