प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

डिसी नेपाल
३ वैशाख २०८३ १७:२७
4
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन्।

पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग महत्त्वपूर्ण तथा गहन छलफल गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरेका थिए। यस्तै समानुपातिक सांसदहरूसँग पनि उनले छुट्टै छलफल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *