लैङ्गिक दृष्टिकोणबाट भूराजनीति पुनर्व्याख्या गर्न आवश्यक : विद्या भट्टराई

डिसी नेपाल
३ वैशाख २०८३ १७:५२
8
Shares

काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भूराजनीतिलाई लैङ्गिक दृष्टिकोणबाट पुनः व्याख्या गर्न आवश्यक रहेको बताएकी छन्।

काठमाडौंमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनःपरिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूगोल र राजनीति बीचको सम्बन्ध स्थिर नभई समयअनुसार परिवर्तनशील हुने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘भूगोलले राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने विषयलाई एउटै परिभाषाभित्र सीमित गर्न सकिँदैन। समाज र राज्यमा आउने परिवर्तनका विभिन्न आयामले यसको स्वरूप पनि बदल्दै लैजान्छ।’

भट्टराईले राजनीतिलाई परम्परागत रूपमा कठोरता, शक्ति र पराक्रमसँग जोडेर हेर्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने बताइन्। उनले लैङ्गिक दृष्टिकोणले भूराजनीतिलाई फरक ढंगले बुझ्ने अवसर प्रदान गरेको बताइन्।

त्यस्तै, उनले विश्वभर हुने द्वन्द्व र युद्धका निर्णयहरू प्रायः शक्ति संरचनाबाट निर्देशित हुने उल्लेख गर्दै राज्य सुरक्षा प्रणालीलाई त्यस्ता संरचनाको केन्द्रमा राखिने गरेको बताइन्।

उनले भनिन्, ‘राजनीतिलाई हेर्ने दृष्टिकोण फरक फरक छ। लैङ्गिक आयामबाट हाम्रो भूराजनीतिलाई कसरी हेर्छौं भन्ने कुरा हो। यसमा सबै हामीले राजनीतिलाई आजसम्मको बुझाइलाई त्यहाँ भित्रको पराक्रमको कुरा, एकदम कडा र कठोर हुनुपर्ने, कठोर हुँदा मात्रै बहादुरी सम्झिनुपर्ने जुन मान्यता छ, त्यो मान्यताभन्दा फरक ढंगले हेर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *