मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

डिसी नेपाल
४ वैशाख २०८३ ९:४२
72
Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना गरेका छन्।

माताको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र बताउँदै प्रधानमन्त्री शाहले आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा प्रस्तुत गरे। उक्त सन्देश उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गर्दै जीवनका पहिलो गुरुका रूपमा आमाको भूमिकाको उच्च प्रशंसा गरेका छन् । उनले सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई सधैँ गर्व गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आमालाई सधैँ हँसाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *