कांग्रेसले आज छान्न सकेन संसदीय दलले नेता

डिसी नेपाल
४ वैशाख २०८३ १८:१९
276
Shares

काठमाडौं । नेपाली कांग्रेसलाई संसदीय दल नेता छान्न सकस परेको छ। दलको नेता छान्न आजबाट निर्वाचन प्रक्रिया सुरु भए पनि छान्न सकेन।

दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भए पनि छान्न नसकिएको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार रहे पनि मोहन आचार्य तथा निश्कल राई पनि आकांक्षी रहेका छन्।

प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नजुटे निर्वाचन प्रक्रियाबाट दलको नेता चयन गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *