धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन्। श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिए।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ। श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment