रास्वपा प्रवास विभाग प्रमुखमा दीपक बोहरा

डिसी नेपाल
६ वैशाख २०८३ १७:५४
68
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन्।

आइतबार बसेको सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुखमा नियुक्त गरेको हो।

यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी पार्टी उपसभापति तथा हाल सम्माननीय सभामुख डीपी अर्यालसँग रहेको थियो। अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त रहेको थियो।

यस्तै रास्वपाले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ। केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले बैठकले पार्टीले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *