सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ। आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ।
आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment