प्रधानमन्त्री शाहले गरे उपकुलपतिहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन्।
सोमबार सिंहदरबारमा भएको छलफलमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए। कुलपति प्रधानमन्त्री आफैं रहेका छन्।
बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहभागी थिए ।
यस्तै विश्व विद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरु सहभागी थिए।
यता कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए।
विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल भएको थियो। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको सचिवालयले बताएको छ।







डिसी नेपाल







Facebook Comment