धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
उनकाअनुसार उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य तोकिएका छन्।
यसअघि बोर्डमा रहेका सन्तोषनारायण श्रेष्ठ थिए। उनले गत वैशाख ४ गते राजीनामा दिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment