खाद्य गुणस्तरमा कडाइ, प्रदेश र स्थानीय तहले अब अनुगमन गर्ने
काठमाडौं। प्रदेश तथा स्थानीय तहलाई खाद्य गुणस्तर नियमनमा सक्रिय बनाउने सम्बन्धमा मन्त्रीस्तरीय निर्णय गरिएको छ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गित चौधरीले आज खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार प्रदेश तथा स्थानीय तहलाई खाद्य गुणस्तर नियमनमा सक्रिय बनाउने निर्णय गरेकी हुन्।
प्रदेशभित्र र स्थानीय तहले आफ्नो क्षेत्रभित्र खाद्य गुणस्तरको अनुगमन तथा निरीक्षण गर्न सक्ने प्रावधान अनुसार सक्रिय गराउन निर्णय अनुसार अपिल गरिएको छ। सोही प्रावधानलाई कार्यान्वयन गर्न खाद्य निरीक्षक हुन योग्यता पुगेकालाई सम्बन्धित प्रदेश वा स्थानीय तहको कानुनअनुसार खाद्य निरीक्षक तोक्ने व्यवस्था गर्न समेत निर्णय गरिएको छ।
यस निर्णयसँगै प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रभित्र खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न थप प्रभावकारी रूपमा अनुगमन तथा निरीक्षण गर्न समेत निर्णय गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment