युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : मन्त्री पोखरेल

डिसी नेपाल
८ वैशाख २०८३ २१:१२

बेलबारी (मोरङ) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्नेगरी उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको १४औं दीक्षान्त समारोहमा उनले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गरे । मन्त्री पोखरेलले भने, ‘हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुुपयोग गर्यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौं ।’

पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकामा धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले वर्तमान अवस्थामा नेपाल सरकारले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको समेत बताए ।

आयोजित दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने छ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन्। जसमध्ये विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलद्वारा स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *