सुकुम्बासी बस्तीमा डोजर चल्यो

डिसी नेपाल
१२ वैशाख २०८३ ८:४६

काठमाडौं। थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो।

हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन्।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थापाथली क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। बस्ती हटाउने तयारीसँगै सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको हो।

सरकारले आजदेखि ती क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि स्थानीयमा तनावपूर्ण अवस्था देखिएको छ।

यसअघि सम्बन्धित निकायले बस्ती खाली गर्न नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो। तर स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *