चट्याङ लागेर एक महिलाको मृत्यु
पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment