प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेट
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटर्वाता भएको छ। आज यहाँ प्रदेश प्रमुख निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेटर्वाता भएको हो।
भेटमा समसमायिक राजनीति र प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४ः०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment