जनताको डिमाण्ड र सरकारको सप्लाइबीच तालमेल मिल्नुपर्छ : सजिदा खातुन सिद्धिकी
काठमाडौं । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएकी छन्।
आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले जनताको माग ‘डिमाण्ड साइड’ मा रहने र सरकार ‘सप्लाइ साइड’ मा बस्ने भएकाले यी दुईबीच तालमेल आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘जहिले पनि जनता डिमाण्ड साइटमा बस्ने हुन्छ भने सरकार सप्लाइ साइडमा बस्छ। यी दुई वटाको तालमेल मिलाउन जरुरी छ। तालमेल मिलेन भने फेल खान्छौं। त्यसकारण जहिले पनि सरकारको शिरमा बसेर काम गर्दा देश र जनताको मागलाई हेरेर अगाडि बढ्नुपर्छ।’
सांसद सिद्धिकीले आफ्नो जिम्मेवारी पार्टीसँगै संसदमा रहेको उल्लेख गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, ‘मेरो जिम्मेवारी पार्टीसँगै सदनमा छ। मैले काम गर्दा देश र जनता शिरमा हुनेछ , म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन् र न्याय जनताको पक्षमा रहनेछ। सदनमा रहँदा कानुन, न्याय तथा मानव अधिकार समितिमा बसेर कार्ययोजना बनाउँदै छु।’
उनले आफू कर्णालीको आवाज र मधेशको सवाल बन्न चाहेको बताउँदै देशलाई सुन्दर, शक्तिशाली र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन चाहेको धारणा राखिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment