सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment