एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन्।
कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार, नवनियुक्त सीईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ।
उनी वित्तीय तथा बैंकिङ क्षेत्रमा अनुभवसहित संस्थाको नेतृत्व सम्हाल्न आएका हुन्। सञ्चालक समितिले संस्थाको सेवा विस्तार, वित्तीय सुदृढीकरण र रणनीतिक विकासलाई थप प्रभावकारी बनाउन नेतृत्व परिवर्तन गरिएको जनाएको छ।
एनएमबि लघुवित्तले ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकलाई लक्षित गर्दै वित्तीय पहुँच विस्तार गर्दै आएको छ। नयाँ नेतृत्वसँगै संस्थाले प्रविधिमैत्री सेवा, ऋण प्रवाह व्यवस्थापन तथा समग्र संस्थागत सुशासनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment