निर्माणाधीन भोटेकोशी-५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

डिसी नेपाल
२५ वैशाख २०८३ ११:०१

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी-५ जलविद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर सेयरमा समेट्ने भएको छ।

आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी सेयर संरचना तय भइरहेको जानकारी दिए।

आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई शेयर वापतको रकम संकलन गर्न लगाउने भएका कारण पनि प्रभावितहरुलाई धेरै फाइदा पुग्नु छ। बाह्रबिसे नगरपालिकाको वडा नम्वर ३,४,५,८ र ९ र त्रिपुरासुन्दरीको ३ नम्वर वडा प्रत्यक्ष प्रभावितमा पर्दछ। यहाँका स्थानीय ७० प्रतिशत काम सम्पन्न भएपछि प्रमोट शेयर वापतको रकम जम्मा गर्न पाउने छन्।

आयोजना सञ्चालनमा आएपछि स्थानीय जनता लाभांशकर्ता (डिभिडेन्ड)को रूपमा पनि लाभान्वित हुनेछन्। तर, स्थानीय भन्दा अन्यत्रका मानिसहरुले आयोजनाका बारेमा नकारात्मक कुरा बाहिर ल्याएको भन्दै आयोजनाले दुःख व्यक्त गरेको छ । जसका कारण स्थानीय प्रत्यक्ष प्रभाबितहरुलाई मर्का पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *